সনাতন স্তোত্র মঞ্জরী
শ্রেণী
সনাতন দেব

গুরু বিনা জ্ঞান কহিলে মিল্দৈন

गुरु विना ज्ञान कहिले मिल्दैन
রচয়িতা: পারম্পরিক পাঠ সংখ্যা: 3
23px

गुरु विना ज्ञान कहिले मिल्दैन

गुरु विना ज्ञान कहिले मिल्दैन 
मोहजालको यो बन्धन छुट्दैन।

मोहरूपी बन्धनको गांठ हुन्छ सारो 
गुरुविना फुकाउन हुन्छ अति गारो । 
गुरुविना..

भरे भोली भन्दा भन्दै जीन्दगी नै वित्छ। 
तत्वज्ञान पाइदैन मायाले नै जित्छ॥ 
गुरुविना..

आत्मा खोज्छ मुक्त हुन माया लाग्छ छेक्न । 
गुरु विना पाँइदैन परमात्मा भेट्न |
गुरुविना..

यो माया मा भुल्दा भुल्दै आइपुग्छ काल। 
विन्ती मान सज्जन हो गुरु भजी हाल || 
गुरुविना..
পাঠ জপ: 0/108